मेलम्ची खानेपानी आयोजनाको मुहान हेडवर्क् सारिने

मेलम्ची खानेपानी आयोजनाको मुहान हेडवर्क् सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । एसियाली विकास बैङ्क एडिबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको हो । मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ । कम्पनी छनोट भइसकेपछि हेडवर्क्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने अनुमान छ । मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरिए पनि अहिलेसम्म सो आयोजना स्थायी रूपमा सञ्चालनमा आउन सकेको छैन । सुरुमा १५ अर्ब रुपियाँ लागत भनिएकोमा कुल लागत ३५ अर्ब रुपियाँभन्दा बढी खर्च गरेर अस्थायी रूपमा निर्माण गरिएको सो आयोजनाबाट अहिलेसम्म नियमित रूपमा पानी वितरण गर्न सक्ने अवस्था छैन । 
 

प्रतिक्रिया