तालिमलाई व्यवसायसँग जोड्न आवश्यक छ : मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तालिमलाई रोजगारसँग जोड्न आवश्यक भएको बताएका छन् ।
धनगढी उपमहानगरपालिकाले आजदेखि सुरु गरेको सीप तथा रोजगार मेलाको उद्घाटन कार्यक्रममा उनले तालिमलाई व्यवसायसँग जोड्नसके मात्र बढ्दो बेरोजगारी अन्त्य हुने दिशातर्फउन्मुख हुने बताए ।
उनले विगतदेखि नै विभिन्न मन्त्रालयले लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँदै तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग गरिरहेको बताए । भन्छन्, “तालिम त दिइरहेका छौँ तर त्यसबाट कति जना रोजगारीसँग जोडिए त्यो हेर्नुपर्ने हुन्छ ।”
उनले एक महिने तालिमको समयावधि पर्याप्त हो होइन छलफल गर्न आवश्यक रहेको बताउँदै तालिम परिणाममुखी हुनुपर्ने धारणा व्यक्त गरे । मन्त्री भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहले छरिएर नभएर एकीकृत ढाँचामा तालिम सञ्चालन गर्न सरकार लागिपरेको बताए ।
उनले धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेर राम्रो कामको सुरुआत गरेको बताउँदै यसको अपनत्व सिङ्गो सुदूरपश्चिमका साथै देशले ग्रहण गर्नुपर्ने बताए ।
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्– त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैन…

पहिचान र अधिकारका मुद्दालाई छाडेका छैनौँ : अध्यक्ष दाहाल

देशमा अझै सुशासन कायम हुन सकेन : शेखर कोइराला

देश समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्छ : विप्लव

प्रतिक्रिया