रुपन्देहीमा परालले छोपेको अवस्थामा भेटियो महिलाको शव, हत्या गरेको प्रहरीको आँकलन
काठमाडौं । रुपन्देहीमा एक महिलाको शव हत्या गरी फालिएको अवस्थामा भेटिएको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडक खण्डको किनारमा परालले ढाकेको अवस्थामा अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो ।
प्रहरीका अनुसार टाउकोमा चोट देखिएकाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले भन्यो, “महिलाको पहिचान हुन बाँकी छ । घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान शुरु भएको छ ।”
चिन्नै नसकिने गरी मुखमा चोट भएको र अहिलेसम्म स्थानीय भएको भए खोजी हुने भएकाले बाहिरको मान्छेलाई हत्या गरेर रातिको अवस्थामा यहाँ ल्याएर फालिएको हुन सक्ने स्थानीय बताउँछन् ।
बिहीबार बिहान ११ बजे परालले ढोकेको अवस्थामा महिलाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तालिम प्राप्त कुकुर परिचालन गरी सो घटनाको अनुसन्धान गरिरहेको छ ।
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्– त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैन…

पहिचान र अधिकारका मुद्दालाई छाडेका छैनौँ : अध्यक्ष दाहाल

देशमा अझै सुशासन कायम हुन सकेन : शेखर कोइराला

देश समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्छ : विप्लव

प्रतिक्रिया