प्रहरी विधेयकमा ४३ संशोधन प्रस्ताव दर्ता

काठमाडौं । गत सोमबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत भएको नेपाल प्रहरी सम्बन्धी विधेयक २०८१ मा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् ।

गत सोमबार प्रतिनिधि सभा बैठकले विधेयकमाथि बिचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेपछि विधेयकमाथि सांसदहरूले संशोधन राख्ने बाटो खुला भएको थियो । जस अन्तर्गत सांसदहरूले उक्त विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले जनाएको छ । प्रतिनिधि सभाको विधेयक शाखाले दिएको जानकारी अनुसार अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका हुन् । विधेयकमा प्रतिपक्षी दलले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । गत सोमबार विधेयकमाथि सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया