दसैं सुरु भएसँगै हवाई यातायातमा यात्रुको चाप बढ्यो
दसैं सुरु भएसँगै हवाई यातायातमा यात्रुको चाप बढेको छ । काठमाडौंबाट मुलुकका विभिन्न गन्तव्यमा हुने उडानमा यात्रुको चाप बढेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । भरतपुर, जनकपुर, भैरहवा, विराटनगर, तुम्लिङटार, सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका गन्तव्य जाने यात्रुको संख्या उल्लेख्य रहेको छ। बुद्ध, यती, श्री, सौर्य लगायत सुगम गन्तव्यमा उडान गर्दै आएका वायुसेवा प्रदायक कम्पनीले अधिकांश गन्तव्यको उडानमा अकुपेन्सी ९० प्रतिशत नाघेको बताएका छन । यात्रुको चापका कारण एयरलाइन्सहरुले उडान थपेका छन् । यसअघि आन्तरिकतर्फ सात वटा एयरलाइन्सले दैनिक २ सय २० वटा उडान–अवतरण गर्दै आएका थिए । अहिले त्याृ संख्या २ सय ८० कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बुद्ध एयरले मात्र उडान–अवतरण बढाएर १ सय ७८ पु¥याएको छ । यस्तै यतीले ५० र श्रीले ३२ उडान–अवतरणका लागि अनुमति लिएको छ । नेपाल वायु सेवा निगमले ८ वटा उडान र अवतरणका लागि अनुमति लिएको छ । यात्रुको चापका कारण एयरलाइन्सहरुले भाडादर बढाएका छन्। सामान्य अवस्थामा धनगढी जाने टिकट ८ हजार रुपैयाँमा पाइने गरेकामा अहिले फूलपातीको दिनका लागि भाडा न्यूनतम १३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया