दलहरु चुनाब लक्षित मात्रै हुनु हुँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन । आज शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताएका हुन । सभापति लामिछानेले राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए । 
सभापति लामिछानेले परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरेपनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको बताए । उनले परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि स्पष्ट पारे । सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए  । उनले पुराना राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताए  । देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको पनि बताए ।
 

प्रतिक्रिया