गाजा क्षेत्रका अस्पतालमा २४ घण्टालाई पुग्ने मात्रै इन्धन, अवस्था ‘अकल्पनीय’ हुने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्र संघले गाजा अस्पतालहरूमा अब २४ घण्टालाई मात्रै पुग्ने इन्धन रहेकोमा गम्भीर चिन्ता जनाएको छ । “ब्याकअप जेनेरेटरहरू बन्द हुँदा हजारौं बिरामीहरूको जीवन जोखिममा पर्ने राष्ट्रसंघले जनाएको हो ।  त्यसपछिको अवस्था हामी कल्पना पनि गर्न नसकिने संयुक्त राष्ट्रसंघ मानवीय कार्यालयको भनाइ छ । धेरै सहायता एजेन्सीहरूले इन्धन र पानी सहित मानवीय सहायता प्रदान गर्न गाजामा पहुँचको लागि आह्वान गरेका छन् । गाजामा डक्टर्स विदाउट बोर्डर्सबाट काम गर्ने बेलायती–प्यालेस्टिनी शल्यचिकित्सक घसान अबु सिट्टाले  अस्पतालका कर्मचारीहरूसँग अब मानिसहरूलाई मद्दत गर्न पर्याप्त उपकरण नभएको जनाएको छ । इजरायलले गाजामा इन्धन,खाना र पानी समेतमा नाकाबन्दी लगाएको छ । गाजामा २५ सय जना भन्दा धेरै मारिएका छन् । अस्तालहरूको अवस्था हेर्नै नसकिनेगरी पीडादायी अवस्थामा छ । कयौँ घाइते छट्पटिएका तर उपकरण, औषधि र डाक्टरको अभावमा उपचार भएको छैन । गर्भवति र सुत्केरीले समेत खाना र पानी पाएका छैनन् ।। 
 

प्रतिक्रिया