सत्तारुढ गठबन्धन पूर्ण कार्यकाल टिक्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सत्ता गठबन्धन पूर्ण कार्यकाल रहने दावी गरेका छन् । आज चितवनको शारदानगरमा तिन वटा खानेपानी आयोजनाको एकीकृत रुपमा उदघाटन गर्दै प्रधानमन्त्रीले गठबन्धन टुटाउन केही व्यक्ति लागि परेपनि सफल नहुने बताएका हुन् । प्रधानमन्त्री दाहालले कोशीमा प्रदेश सरकारलाई आधार बनाई गठबन्धन टुटाउन लाग्ने व्यक्तिको निदहराम भएको टिप्पणी समेत गरे ।
प्रधानमन्त्री दाहालले गठबन्धनका विषयमा कांग्रेस सभापति देउवा र नेता कोइरालासँग आफ्नो विशिष्ट सहमति भएको दाबी समेत गरे । उनले मुलुकमा सुशासन र समृद्धिका लागि सरकार लागिपरेको दोहो¥याए । खानेपानी मन्त्री महेन्द्रराय यादवले सबै जनतासमक्ष खानेपानीको पहुच पुर्याउन सरकार लागिपरेको वताए । भरतपुर महानगर प्रमुख रेनु दाहालले दुई बर्षभित्र भरतपुरमा शतप्रतिशत जनतालाई खानेपानी पुर्याउने बताइन । प्रधानमन्त्रीले शारदानगर जागृति शहरी खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाइ खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको उदघाटन गरेका हुन । शारदानगर ३७ करोड ९९ लाख, जखडिमाइ २५ करोड ७ लाख र दिव्यनगर ९ करोड ९६ लाखको लागतमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया