एसीसी यू–१९ प्रिमियर कप: नेपालद्वारा बहराइन ७ विकेटले पराजित
एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो । ७८ रनको झिनो लक्ष्य नेपालले ११ दशमलब ४ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । नेपालका लागि कप्तान देव खनालले अविजित ३२ र अर्जुन कुमालले अविजित ३२ रन जोडे । बहराइनका अनास ओबेद सैयदले ३ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ ओभर ५ बलमा ७७ रनमा अल आउट भयो । उसका लागि मोहम्मद बासिल अबदुलले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ नेपालका दीपेश कँडेलले जादुमयी ६ विकेट लिए । क्रिकेटमा यो विरलै पाउने सफलता हो । यस्तै, दुर्गेश गुप्ताले ४ विकेट लिए । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष तीनमा पुग्ने टोलीले पाकिस्तानमा डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । प्रिमियर कपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । सबै समूहको शीर्षस्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् ।।
प्रतिक्रिया