कोशीका मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आइतवार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन । कार्कीले दुईजना मन्त्री नियुक्त गरेका छन् । नेपाली काँग्रेसका शमशेर राई र नेकपा एमालेका राम रानालाई मन्त्री नियुक्त गरिएको छ । दुवैजनालाई बिनाविभागीय मन्त्री तोकिएको छ । उनीहरूले पनि आजै शपथ लिएका छन् । काँग्रेस नेता कार्की एमालेका ३९ र काँग्रेसमा कोइराला पक्षका ८ सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रतिक्रिया