बाजुरामा रहेका खाद्य डिपोमा चामल अभाव

नेपाल खाद्य तथा व्यापार कम्पनी अन्तर्गत बाजुरामा रहेका खाद्य डिपोमा चामल अभाव देखिएको छ । दसैं–तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै डिपोले सुपथ मुल्य पसल सञ्चालन गरेपनि डिपोमा एक गेडा चामल पनि उपलब्ध नभएको हो । मार्तडीको डिपोमा सुपथ मुल्य पसलमा ब्यानर मात्रै छ भने बाजुराको कोल्टी कवाडी लगायतका खाद्य डिपोहरु बन्द गरिएका छन । 
कोल्टी खाद्यान्न संकट हुने क्षेत्रको रुपमा रहेको भएपनि चामल ढुवानी हुन सकेको छैन । डिपोले असोज ८ देखि खाद्यान्न बिक्री रोकेको हो । मार्तडीमा भदौ २४ मै चामल सकिएको सूचना टाँस गरिएको छ । हरेक दिन ३ सय भन्दा बढि नागरिकहरु चामलका लागि डिपोमा पुग्ने गरेपनि रित्तै हात्त फर्किन बाध्य छन । सदरमुकाम मार्तडीसम्म सरकारी अनुदानको चामल ९२ रुपैयाँ प्रतिकेजी अर्थात २५ किलोको बोरालाई २ हजार ३ सय मुल्य पर्नेमा हाल सहुलियतमा २ हजार १ सय ५० रुपैयाँ तोकिएको छ । बाजुरामा गत आर्थिक वर्ष ०७९÷८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो। 
 

प्रतिक्रिया