बिस्कुट उद्योगले ९७ जना मजदुर निकालेपछि हेटौंडमा प्रदर्शन
काठमाडौं । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रालिले गैरकानुनी तवरबाट ९७ जना श्रमिकलाई निष्काशन गरेको विरोधमा आजपनि श्रमिकहरुले प्रदर्शन गरेका छन ।
निष्काशित श्रमिकको पुनर्बहालीको माग गर्दै नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपालको अगुवाईमा एक सातादेखि श्रमिकहरुले आन्दोलन गर्दै आएका हुन । प्रदर्शनमा सहभागीहरुले शान्तिपूर्ण दबाब एवं अन्दोलनलाई वेवास्ता गरिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।
श्रमिकहरुले एक सातादेखि दैनिक दुई घण्टा शान्तिपूर्ण धर्ना एवं विरोध कार्यक्रमलाई निरन्तरता दिँदै व्यवस्थापन पक्षलाई माग पुरा गराउन दबाब दिइरहेका छन् । तर व्यवस्थापनले समस्या समाधानमा पहल गरेको छैन ।
श्रम कार्यालय हेटौंडाको मध्यस्थतामा व्यवस्थापन पक्ष र श्रमिक प्रतिनिधिबीच वार्ताको पहल भैरहेको छ । प्रदर्शनकारीले भने कानुनको उल्लंघन गरेर अनुचित श्रम अभ्यास गर्ने व्यवस्थापकको व्यवहार नसच्चिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन । आन्दोलनमा २३ मजदुर घटकहरुले साथ दिएका छन ।

चार दिनदेखि विद्युत वितरण बन्द
राडीपाखी बुनेर जीविकोपार्जन गर्दै मुगुका किसान

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ
भद्रपुरझापा गोल्डकपः पहिलो क्वाटरफाइनल आज

प्रतिक्रिया