अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्यूडको भूकम्प

अफगानिस्तानको पश्चिमी क्षेत्रमा आज पुन ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक अर्को भूकम्प गएको हो ।  विहान ३ बजेर ३६ मिनेटमा हेरात शहरभन्दा ३३ किलोमिटर टाढा केन्द्र बनाएर भुकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यही असोज २० गते हेरातको सोही भागमा ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प र आठ वटा पराकम्पन आएको थियो । सो भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयौँ घाइते भएका थिए । भुकम्पपछि  हजारौँ बासिन्दा बिना आश्रय रहन बाध्य छन । यसअघि स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही तीव्रताको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए । भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेका छन । भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

 
 

प्रतिक्रिया