बीपी राजमार्ग तत्काल पुनः निर्माणका लागि सांसद दाहालको दवाब
काठमाडौं । गत असोजको अविरल वर्षाबाट क्षति भएको बीपी राजमार्ग तत्काल पुःन निर्माणका लागि सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहाल (लेखनाथ) ले सरकार र संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
गत असोज ११ र १२ को अविरल वर्षाबाट सो राजमार्गको धेरै भाग क्षतिग्रस्त बनेको छ । अहिले अस्थायी रुपमा मर्मत गरेर संचालन भैरहेको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि सांसद दाहालको प्रस्तावमा राजमार्गको काम तत्काल सुचारु गर्न निर्देशन दिएको छ ।
सांसद दाहालले पनि सडक बिभागलाई यथाशीघ्र काम शुरु गर्न भनेका छन् । दाहाल गत असोजमा पनि क्षतिग्रस्त सडक मर्मतमा आफै प्रत्यक्ष रुपमा खटिएका थिए । उनले सरकारलाइ पनि सडक निर्माणको काम तत्काल शुरु गर्न दबाव दिदै आएका छन् ।
यस अघि पनि सांसद दाहालले भौतिक पूर्वाधार मन्त्रालय लगायत सम्बन्धित सरकारी निकायमा सो राजमार्ग निर्माणका लागि पटक–पटक अनुरोध गर्दै आएका छन् ।
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्– त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैन…

पहिचान र अधिकारका मुद्दालाई छाडेका छैनौँ : अध्यक्ष दाहाल

देशमा अझै सुशासन कायम हुन सकेन : शेखर कोइराला

देश समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्छ : विप्लव

प्रतिक्रिया