चालु वर्षमा निगमले १० वटासम्म जहाज खरिद गर्छ: पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन । आज पुल्चोकमा नेपाल विद्यार्थीं संघको ज्ञापन पत्र बुझ्दै उनले दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने  जानकारी दिएका हुन । नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको भन्दै मन्त्री किरातीले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे । 
मन्त्री किरातीले नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल बायुसेवा निगमले दशैँभर पहाडी जिल्लामा उडान गर्ने जानकारी पनि दिए । भेटमा नेपाल विद्यार्थी संघले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्न मन्त्री किरातीको ध्यानाकर्षण गराएको छ ।
नेपाल विद्यार्थी संघले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्नपनि मन्त्री किरातीको ध्यानाकर्षण गराएको छ । सरकारका नीति बनाउँदा विद्यार्थीमैत्री बनाउनुपर्ने र विद्यार्थीहरुलाई देशमै राख्नका लागि उच्च मूल्यवृद्धि रोक्नपनि उसले आग्रह गरेको छ । 

प्रतिक्रिया