ओडिसामा प्रकृतिको मृत्यृपछि शिक्षा मन्त्रालयले भन्यो– एनओसी स्थगित गर्न सक्छौँ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी स्थगित गर्ने जानकारी दिएको छ ।
ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा ती एनओसी दिन रोक्ने चेतावनी दिएको हो ।
उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय÷शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्ने भनेको हो ।
केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूप्रति भएको व्यवहारका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई सोमबार नै अनुरोध गरेको थियो । उक्त घटनापछि विद्यार्थीहरूलाई यथाशीघ्र पठनपाठन कार्य पूर्ववत् सुचारु गराउने व्यवस्था मिलाउन समेत भारतको सरकारको ध्यानाकर्षण गराएको थियो ।
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
_lFhDa96moc_c7acympvulszzwkdq3tltyzliy0g5c21owfvp108ioacqsq2opy7a8nre3kr_SvGWKrou0F_bagi69hhymsfj4mh7dwsocc74hlrxbtmrjor8blbqhij7fbz6zrxjsccgidx.jpg)
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै
पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : प्रमुख साह

प्रतिक्रिया