विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सर्वसम्मतले पारित

काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । 
मंगलवारको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित गरेको हो ।

प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथि सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रस्नको जवाफ दिएका थिए । जवाफपछि मन्त्री भण्डारीले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले प्रस्तुत प्रस्तावलाई सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको घोषणा गरेका थिए। 
 

प्रतिक्रिया