राष्ट्र बैंकले आजवाट नयाँ नोट वितरण गर्दै
नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई चाडपर्व मनाउन नयाँ नोट वितरण गर्दैछ । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने बैंकले जनाएको छ । दसैं, तिहार र छठलाई लक्षित गर्दै घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको हो । यो ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया