मधुपुरीमा स्यानिटरी प्याड बनाउने तालिम संचालन

भरतपुर महानगरपालिका वडानम्बर २३ मधुपुरीमा स्यानिटरी प्याड बनाउने तालिम संचालन गरिएको छ । भरतपुर महानगरको समन्वय र युएसएआईडीको आर्थिक सहयोगमा संचालित तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । विपन्न तथा सीमान्तकृत महिलाहरुलाई व्यवसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम संचालन गरिएको वडा अध्यक्ष दिपक दवाडीले जानकारी दिए । 


कोशिस महिला उद्यमी समुहको समेत स्वलगानी रहेको तालिमको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका थिए । तालिमले महिलाहरुलाई व्यवसायिक र आत्मनिर्भर हुन सहयोग पुराउने एड्वान नेपालकी अध्यक्ष बिन्दु परियार थापाले बताईन । कार्यक्रममा महानगरका वरिष्ठ महिला अधिकृत सुशिला वाग्ले,एड्वानका उपाध्यक्ष तिर्थाकुमारी विक, प्रवन्धक धनबहादुर मिजार, अनुगमन तथा मूल्यांकन प्रबन्धक कमलबाबु परियार लगायतले तालिमलाई सदुपयोग गरी आन्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया