सहायक रथी अधिकारीको पदावधि थप्ने टीकाटिप्पणीमा रक्षामन्त्रीको स्पष्टीकरण

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सैनिक ऐन, नियम र स्थापित परम्पराप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन ।  नेपाली सेनाको भावी प्रधानसेनापतिका नाममा आफ्नो नाम जोडेर आएका सार्वजनिक कुरा भ्रामक भएको उनको भनाइ छ । माओवादी पूर्वलडाकुबाट नेपाली सेनामा समायोजन भई सहायक सहायक रथी बनेका यमबहादुर अधिकारीको पदावधि थप्न लागिएको विषयमा विभिन्न टीकाटिप्पणी भएपछि रक्षामन्त्रीसमेत रहेका खड्काले सामाजिक सञ्जालमा यस्तो स्पष्टीकरण दिएका हुन । उनले सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्परा विपरीत गर्ने र हुन दिने कुरा मा आफु पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ । यसैविच – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा भइरहेको चलखेल अस्वीकार्य रहेको टिप्पणी गरेका छन । उनले सामाजिक सञ्जालमा माओवादीको पूर्वलडाकुका नाममा नियमको दुरुपयोग भइरहेको भन्दै त्यसलाई अस्वीकार्य रहेको बताएका छन । कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् । अधिकारी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत हुन । उनलाई सरकारले २०७६ असोजमा विशेष पद सिर्जना गरेर सहायक रथीमा बढुवा गरेको थियो । सेना समायोजनका क्रममा माओवादीका लडाकु अधिकारी उपसेनानी बनेका थिए । त्यसपछि महासेनानी बनेका उनलाई ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरी सहायक रथी बनाइएको थियो ।

 

प्रतिक्रिया