इजरायलवाट स्वदेश फर्किन तीन सय जनाले निवेदन
इजरायलमा हमासले आक्रमण गरेपछि असुरक्षित महसुस गरी स्वदेश फर्किन तीन सय जनाले निवेदन दिएका छन । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायल शान्त हुन नसकेपछि निवेदन दिनेको सङ्ख्या बढिरहेको छरु। निवेदन दिएका सबैलाई प्रक्रिया पूरा गरेर नेपाल फर्काउने तयारी सरकारको छ । इजरायलमा श्रमिकका रूपमा कुल चार हजार पाँच सय जना नेपाली कार्यरत छन्रु। नेपाल सरकारले इजरायलबाट शुक्रबार २५४ जना विद्यार्थीलाई स्वदेश फर्काएको छरु। सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययरत विपिन जोशी सम्पर्कविहीन छन रु। सोही विश्वविद्यालयका निधन भएका १० जनाको शव अझै स्वदेश ल्याउन सकिएको छैनरु। राजदूत रिजालले निधन भएका विद्यार्थीको शव ल्याउन इजरायलको प्रोटोकल पूरा भएपछि नेपाल ल्याइने जानकारी दिए । इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह हमासले गत शनिबार आक्रमण गरेको थियो।
प्रतिक्रिया