उत्तरी गाजालाई ध्वस्त बनाउने तयारीमा इजरायल

इजरायलको सेनाले उत्तरी गाजा सहर आतंककारीको सहर भएको भन्दै ध्वस्त बनाउने तयारी सुरु गरेको छ । उसले उत्तरी गाजाका नागरिकलाई जतिसक्दो चाँडो सहर छाड्न आदेश दिएको छ । सो क्षेत्रमा इजरायलले अब जल, जमिन र आकासबाट आक्रमणको योजना बनाएको छ । गाजालाई अब सधैँका लागि हमासमुक्त क्षेत्र बनाउने योजनाका साथ गाजाका सबै सुरङ ध्वस्त बनाउने र उसका हरेक किल्ला सखाप पार्ने इजरायलको भनाइ छ । तर इजरायलले भनेजस्तो ११ लाख मानिसलाई तत्कालै गाजाबाट अन्त पठाउन असम्भव रहेको र इजरायलले मानवीयता विरोधी चेतावनी दिएको अन्र्तराष्ट्रिय संघसंस्थाले बताएका छन । गाजाको उत्तरमा रहेका अस्पतालहरूलाई समेत खाली गर्न भनिएको छ । तर विश्व स्वास्थ्य संगठनले केही बिरामीहरूलाई स्थानान्तरण गर्न बाध्य पार्नु मृत्युदण्डको सजाय जस्तै हुनसक्ने बताएको छ । डब्ल्यूएचओले उत्तरी गाजामा दुई हजार भन्दा बढी बिरामीहरूको उपचार गर्ने २२ अस्पतालहरू खाली गर्ने इजरायलको आदेशको कडा निन्दा गरेको छ ।  स्वास्थ्य सुविधाहरूमा बम विष्फोट हुँदा रुरुउनीहरूको जीवन पनि जोखिममा रहेको डब्ल्युएचओले जनाएको छ । 

प्रतिक्रिया