अफगानिस्तानको हेरात प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघ्यो

काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तको जिन्दाजान जिल्लामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघेको छ । अक्टोबर ७ मा गएको ६ दशमलव २ म्याग्निच्यूठको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको हो । भूकम्पमा परेकाहरुको उद्धार कार्य अहिले पनि जारी छ । भूकम्पका कारण हेरातमा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । सो क्षेत्रमा आवासहरु पुनः निर्माणका लागि सहयोगको आवश्यकता रहेको अफगानिस्तानका अधिकारीहरुले जनाएका छन् । सो क्षेत्रका घर पुनः निर्माण गर्न करिव दुई महिना लाग्ने बताइएको छ । भूकम्प प्रभावितहरु अहिले त्रिपाल मुनि बसिरहेका छन् । भूकम्पको परकम्प जाने क्रम अहिले पनि जारी रहेको बताइएको छ । भूकम्पबाट हेरात र छिमेकी बद्घिस, फराह प्रान्तहरुमा हजारौँ ऐतिहासिक सम्पदाहरु ध्वस्त भएका छन् । सम्पदामा सबैभन्दा पुरानो र ठूलो ऐतिहासिक मस्जिद जामी हेरात र मिनार जाम तथा इख्तियारुद्धिन किल्ला रहेको छ । अक्टोबर ७ मा पश्चिम अफगानिस्तानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । स्थानीय अधिकाका अनुसार भूकम्पका कारण एक हजार बढी सांस्कृतिक स्मारक र ऐतिहासिक स्थलहरु ध्वस्त भएका छन् ।

प्रतिक्रिया