कर्णाली उत्सव ‘कुडा कर्नालीका’ शुरु

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ शुरु भएको छ । उक्त महोत्सव तीन दिनसम्म चल्नेछ । 

उक्त महोत्सवको आज एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरे । ‘ऋति फाउन्डेसन’ले कर्णालीको समग्र क्षेत्रको पहिचान सम्बन्धी जानकारी दिन र प्रदेशको सम्भावना केलाउने उद्देश्यले महोत्सवको छैटौँ संस्करण आयोजना गरेको हो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेललगायतले छलफलको उत्सवका रुपमा सञ्चालन हुँदै आएको कार्यक्रमले कर्णालीलाई नेपाल तथा विश्वमा चिनाउन सहयोग पुर्याएको बताएका थिए ।  

उत्सवको पहिलो दिन आज राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुति)ले ‘मान्ठ र मइडो’का बारेमा प्रवचन दिएका छन् । कार्यक्रममा एक हजार ३०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया