दलहरुका लागि सरकारभन्दा जनता महत्वपूर्ण हुन्छ : एमाले अध्यक्ष ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन –आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौं बैठक र एशिया—युरोप राजनीतिक मञ्चको पाँचौं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभइ दीर्घकालिक राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशिल राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले कुनै पनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने उल्लेख गरे । अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको भन्दै त्यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने पनि बताए ।
अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भुमिका खेल्नका लागि सबैलाई आह्वान समेत गरे । उनले सम्मेलनमा दिगो पर्यटन प्रवद्र्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एशियाली क्षेत्रका राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया