प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच गठबन्धनलाई कमजोर हुन नदिने सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको छ । शनिबार बिहान बसेको तीन नेताको बैठकले गठबन्धनलाई कमजोर हुन नदिने लिखित सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वर्तमान गठबन्धनप्रति आफूहरु दृढ र स्पष्ट रहने सहमति नेताहरुले गरेका छन् । नेताहरुले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनकै साथ रहने सहमति पनि गरेका छन् ।
प्रतिक्रिया