संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो नेपाल भ्रमणमा आउने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल भ्रमणमा आउने भएका छन् । इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको उनको भ्रमणको नयाँ समय तय भएको हो । गुटेरेस आउँदो कात्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । यसअघि उनी आज नेपाल आउने र संघीय संसदमा संबोधन गर्ने कार्यसूचि तय भएको थियो । तर, इजरायलमा बढेको तनावका कारण राष्ट्रसंघका महासचिव गुटेरेसले आफ्नो भ्रमण स्थगित गरेका थिए । राष्ट्रसंघका महासचिव आउने भएपछि सरकारले आजैदेखि अन्त्य गर्ने भनेको संघीय संसदको चालु अधिवेशन तत्काल अन्त्य नहुने देखिएको छ । राष्ट्रसंघको ७८औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री दाहालले गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

प्रतिक्रिया