खाँचीकोट दरबार तथा खाँचीकोट भगवती मन्दिरको उत्खनन शुरु
बाइसे, चौविसे राज्य अन्तर्गत पर्ने खाँचीकोट दरबार तथा खाँचीकोट भगवती मन्दिरमा पुरातत्व विभागले उत्खनन शुरु गरेको छ । सन्धिखर्क नगरपालिका वडा नम्वर ७ खाँचीकोटमा रहेको यो दरबार तथा मन्दिर ऐतिहासिक शक्ति पीठको रुपमा रहेको छ । पुरातत्व विभाग काठमाडौं रामशाह पथले गएको सोमबार देखि उत्खनन् शुरु गरेको हो । उत्खननको क्रममा दरवारको भग्नाबशेष भेटिएको छ । प्राचीन इटाहरु, झिंगटी, चुराका टुक्रा, आधुनिक सिक्का, त्रिशूल, माला लगायतको प्राचीन बस्तुहरु फेला परेको पुरातत्व विभागले जनाएको छ । खाँची राज्य नेपाल एकिकरणको समयमा पाल्पा राज्य संगै एकिरकण भएको थियो । तत्कालिन राज्य रहदा निर्माण गरिएको इनार अहिले पनि रहेको छ । पृथ्वीनारायण शाहलाई नेपालको एकिकरण गर्न, राज दरवार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने चन्द्रप्रभावतीे खाँची राज्यका तेर्हौ राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन् । नेपालको एकिकरण गर्न, राज दरवार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने उनै चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख छ ।
प्रतिक्रिया