इजरायलबाट उद्धार गरिएका नेपाली काठमाडौं आईपुगे, छुटेकालाई छिट्टै फर्काउने सरकारको प्रतिबद्धता

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।
उद्धारपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।
परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए । तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान भइरहेकाले यसपटक छुटेकाले पुन ल्याउने व्यवस्था गरिने मन्त्री साउदले बताए । युद्धका विच नेपालीलाई उद्धारमा सहयोग गर्न पाएकोमा इजरायलका राजदूत हनान गोदेरले पनि खुसी प्रकट गरे । 
युद्धमा फसेका विद्यार्थीहरुको सरकारले चार्टर उडानवाट उद्धार गरेकोमा सुदुरपश्चिम र त्रिभुवन विश्वविद्यालयले पनि खुसी प्रकट गरेका छन । 
सरकारले चार्टर विमानवाट उद्दार गरेर घर फर्कने अबसर जुराइदिएकोमा स्वदेश फर्कने विद्यार्थीहरुले पनि खुसी प्रकट गरेका छन । 
आक्रमणमा घाइते भएका चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना फर्केका छन । दुई जनाको उपचार जारी छ । एक जना डिस्चार्ज भएका छन । सम्पर्कबिहीन विपिन जोशीको खोजी भैरहेको बताइएको छ । मृत्यु भएका दश नेपालीको शव ल्याउन इजरायल सरकारसँग समन्वय भैरहेको बताइएको छ ।

प्रतिक्रिया