इजरायलमा मारिएकाको शव कानुनी प्रक्रिया पूरा गरेपछि ल्याइन्छ: परराष्ट्रमन्त्री साउद
इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव कानुनी प्रक्रिया पूरा गरेपछि ल्याइने भएको छ । इजरायलबाट २५४ नेपाली विद्यार्थी ल्याएर शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरणपछि पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी दिएका हुन् । उनले इजरायलबाट शव ल्याउन समस्या नरहेको जनाएका छन् ।
बाइट ः
मन्त्री साउदले शव ल्याउने प्रक्रिया बाँकी रहेकाले केही समय धैर्य गर्नै अनुरोध समेत गरेका छन् । उनले शव ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि जानकारी दिए । हमास समूहको आक्रमणमा परेर गत शनिबार १० नेपालीले ज्यान गुमाएका थिए । एकजना बेपत्ता छन् भने तीनजनाको इजरायलमै उपचार भइरहेको छ ।
प्रतिक्रिया