हमास विरुद्ध इजरायलको सैन्य कारबाही जारी, गाजाको अवस्था दयनीय बन्दै

इजरायलले छैटो दिन पनि गाजा क्षेत्रमा हमास विरुद्धको कारबाही जारी राखेको छ । इजरायले गाजापट्टीमा इजरायली बमबर्षक बिमानबाट गोलाबारी जारी राखेको हो । गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुको रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण नरोकिने इजरायलको भनाइ छ । हमासले भने सर्वसाधारणलाई सुचना नदिइ आक्रमण गरेको खण्डमा आफनो कब्जामा रहेकाहरुको हत्या गर्ने चेतावनी दिंदै आएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धमा प्यालेस्टाइन बिद्रोही समुह हमासको नामो निशान मेट्ने बताउदै आएका छन । इजरायल र हमासबीचको युद्धमा हालसम्म करिब २ हजार ५ सयको ज्यान गएको छ । दुबैतर्फ गरी आक्रमणमा घाइते हुनेको संख्या ४ हजार बढी पुगिसकेको छ । यसैविच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई निरन्तर साथ दिने बताएका छन् । हमासविरुद्धको युद्धमा इजरायलप्रति समर्थन जनाउन अमेरिकी उच्च अधिकारीसहित तेलअभिभ पुगेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटेका हुन । नेतन्याहुसँगको भेटमा ब्लिन्केन इजरायललाई आवश्यक सबै सहयोग गर्न अमेरिका तयार रहेको बताएका हुन ।। 

गाजामा क्षति 

प्यालेस्टिनी अधिकारीहरूले इजरायलको बमबारीमा हालसम्म १ हजार ४ सय १७ जनाको ज्यान गएको जानकारी दिएका छन । जसमध्ये ४ सय ४७  जना बालबालिका समेत रहेका छन । प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म ६ हजार २६८ जना घाइते भएको जनाएको हो । अस्पतालमा अहिले निकै थोरै इन्धन बाँकी रहेको र घाइतेको संख्या धेरै भएकाले समस्या बढेको छ । गत शनिबार इजरायलको प्रतिकारात्मक हमला सुरु भएदेखि नै गाजामा स्वास्थ्य सेवाको संरचनालाई लक्षित गरी ३४ वटा आक्रमणहरू भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।राष्ट्रसंघले बारम्बार गाजामा मानवीय अवस्था डरलाग्दो रहेको जनाएको छ । त्यस्तै गाजाका ५० हजार गर्भवतीले स्वच्छ खानेपानी नपाएको उसको भनाइ छ । महिला र बालिकाहरूको सुरक्षा र स्वास्थ्य र आघात र मनोवैज्ञानिक पीडाबारे मनन गर्न राष्ट्रसंघको आग्रह छ । यस्तै, इजरायलको आक्रमणमा परेर गाजामा ड्युटीमा रहेका ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । इजरायलले अस्पताललाई लक्षित गरेर गरेको आक्रमणमा १९ जना स्वास्थ्य संस्था र २० वटा एम्बुलेन्समा क्षति पु¥याएको छ ।।
 

प्रतिक्रिया