सन्दिप लामिछानेले क्रिकेट प्रतियोगिता नखेल्ने

बलात्कार विरुद्धको मुद्दा झेलिरहेका क्रिकेटर सन्दिप लामिछानेले अब क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेका छन । गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन । उनले भारी मनका साथ आगामी प्रतियोगिताहरुबाट नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन । उनले आफु यतिबेला मेरो जीवनकै कठिन र चुनौतिपूर्ण समयबाट गुज्रिरहेको समेत बताएका छन । उनले आफूलाई पुनर्जीवन गर्न र परिवारलाई समय दिन यस्तो निर्णय गरेको पनि स्पष्ट पारेका छन । उनले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरुका लागि  सबैप्रति आभार व्यक्त गरेका छन । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उनीविरुद्धको मुद्दाको पेसी बिहीबार पनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा लामिछानेविरुद्धको मुद्दा स्थगित भएको जनाएको छ । 

प्रतिक्रिया