कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कार्की र माओवादीका आङ्बोको दाबी
कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेका छन् । एमालेको समर्थनमा कांग्रेस संसद केदार कार्की तथा गठबन्धन उम्मेदवारका रूपमा इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएसँगै सांसदहरुको हस्ताक्षर आधिकारिकताको प्रश्न उठेको छ । एमालेका ३९ र कांग्रेसका ८ सहित ४७ सांसदको हस्ताक्षर लिएर कार्कीले मुख्यमन्त्री दाबी गरेका हुन् । माओवादी सांसद इन्द्र आङ्बोले पनि गठबन्धनका तर्फबाट ४७ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । सत्ता गठबन्धनले माओवादी केन्द्रका आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् । उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बोच्च अदालतले व्याख्या गरिसकेको छ ।
प्रतिक्रिया