महेश बस्नेत सहभागी कार्यक्रममा गाडीमाथि तोडफोड
झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न प्रयास भएको छ । कार्यक्रम विस्थाल्ने गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ताले गाडी तोडफोड गरेका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेको सवारी साधनमा तोडफोड गरिएको हो । बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनमा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको बताइएको छ । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए ।।
प्रतिक्रिया