अनलाइन सेवा देशव्यापी बनाउनुपर्छः यातायात मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन । आज ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दैै उनले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने बताएका हुन । मन्त्री ज्वालाले छिटो छरितो र नम्र भएर कर्मचारीहरुले काम गर्ने हो भने विचौलियाहरु निषेधित हुँदै जाने बताए । 
मन्त्री ज्वालाले सेवाग्राहीको पहुँच कर्मचरीसँग नहुने तर विचौलियाको पहुँच कर्मचारीसँग हुनु नै समस्याको जड रहेको दाबी गरे । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सटौलाले सडकका खाल्डाखुल्डी पुर्ने काममा ढिलासुस्ती हुँदा चाडबाडमा समयमै र सहज रुपमा यात्रुहरुलाई गन्तव्यमा लैजान कठिन हुने बताए । 
उपाध्यक्ष सिटौलाले नारायणगढ—मुग्लिन लगायतका सडकखण्डमा अझै सडकहरुका खाल्डाखुल्डी पुर्न सरकारी पक्षबाट ढिलासुस्ती भइरहेको गुनासो गरेका हुन । आजवाट यातायात व्यवस्था कार्यालय वागमती प्रदेशको एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्रको नविकरण,वर्ग थप र राजश्व भुक्तानी अनलाइनवाटै हुने व्यवस्था भएको हो । 

प्रतिक्रिया