छिमेकी प्रधानमन्त्री नेपालमा आउँदा पनि सरकारले स्वागत गरेन: रवि लामिछाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी क्षेत्रमा बिना जानकारी गरेको भ्रमणबारे संसद बैठकमा आवाज उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे आज सरकारसँग जानकारी माग गरेका हुन । सभापति लामिछानेले चुच्चे नक्साभित्र पर्ने भूभागमा मोदी नेपाललाई जानकारी नदिइ आएकोबारे सरकार मौन बसेको भन्दै आपत्ति जनाए ।
सभापति लामिछानेले छिमेकी देशका प्रधानमन्त्री नेपाली भूभागमा आउँदासरकारले स्वागत पनि नगरेको र जानकारी पनि नदिएको भन्दै आपत्ति जनाए । ‘सरकार र परराष्ट्र मन्त्रालयले मोदीको कालापानी क्षेत्रको भ्रमणबारे संसदलाई जवाफ दिनुपर्ने उनको माग छ । मोदी बिहीबार बिहान नयाँ दिल्लीबाट हेलिकोप्टर चढेर कालापानीको कुन्जी लगायतका क्षेत्रमा पुगेका थिए ।

प्रतिक्रिया