दलहरुमा चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताएका छन । गैरआवासीय नेपाली संघ र रास्वपाले गरेको अन्र्तक्रियामा उनले अन्य दलमा राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको बताएका हुन । रास्वपामा राणा शासनको अन्त्य भएको भन्दै अध्यक्ष लामिछानेले आफूलाई चिनेर भन्दा क्षमता भएका मानिसले मौका पाउने दाबी गरे । 
सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको आरोप लगाए । विदेशका नेपालीको मताधिकारका लागि आफूहरु जोडतोडका साथ लाग्ने उनको प्रतिबद्धता छ । गैर आवासिय नेपालीहरुले नेपालमा सहज रुपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा पनि सभापति लामिछानेले जोड दिए । गैर आवासिय नेपाली संघको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने पनि उनले स्पष्ट पारे । इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको आरोप समेत सभापति लामिछानेको छ । 
 

प्रतिक्रिया