टालटुले तरिकाले अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न ‘बोल्ड डिसिजन’को आवश्यकता औल्याएका छन । नेपाल उद्योग वाणिज्य महासंघले गरेको आर्थिक बहसमा उनले सरकारी नीति, बजेट निर्माण र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै नीतिगत सुधारको आवश्यकता औल्याएका हुन । प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नरहेको समेत स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधारका कोशिस गरेपनि समस्या कायमै रहेको भन्दै गम्भीर समीक्षा नगरे झनै अफ्ठ्यारोमा जानसक्ने खतरा औल्याए । आर्थिक क्षेत्र पुर्नउत्थानका लागि उच्चस्तरीय बैधानिक आयोग बनाउने प्रतिबद्धता समेत जनाए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सानोतिनो परिवर्तनले अर्थतन्त्रको सुधार सम्भव नभएको बताए । नेपालको वर्तमान अर्थतन्त्र संवेदनशील मोडमा रहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि घरजग्गा कारोबारको हदबन्दी खुकुलो बनाउनुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बम बहादुर मिश्रले अर्थतन्त्र सुधारका लागि बैंकले नीतिगत व्यवस्था कार्यान्वयन र नयाँ योजना निर्माणलाई सँगसँगै लगेको दाबी गरे ।
मिश्रले आर्थिक समस्या समाधानका लागि नीतिगत सुधारका कामपनि भैरहेको
बताए । क्रस बोर्डर पेमेन्ट सम्झौता नेपाली अर्थतन्त्रका लागि कोसेढुङ्गा भएको दाबी उनले गरे ।
प्रतिक्रिया