इजरायलले गाजा क्षेत्रमा नरसंहार गरेको टर्कीको आरोप

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायलले गाजामा गरेको घेराबन्दी र बमबारीलाई ‘नरसंहार’ को संज्ञा दिएका छन् । एर्डोगानले संसदमा बोल्दै  युद्धमा पनि नैतिकता हुने भन्दै गाजामा त्यसको उल्लंघन भएको बताएका हुन । इजरायप्रति आक्रामक बन्दै उनले मानिसहरूलाई आधारभूत आवश्यकताहरू पनि पूरा गर्न सक्षम हुनबाट वञ्चित गर्नु र नागरिक घरहरूलाई लक्षित गर्नु युद्ध नभएको बताए । एर्डोगानले हमासको आक्रमणपछि इजरायलको आक्रमणको मात्रा कुनै पनि नैतिक आधारभन्दा बाहिर रहेको बताए । टर्कीले विगतमा प्यालेस्टाइनलाई पनि समर्थन गर्ने गरेको छ । हमासका सदस्यप्रति पनि टर्कीको नरम समर्थन रहेको छ । तर यसबीचमा टर्कीले इजरायलसँगको सम्बन्ध सुधार्ने प्रयास गर्दै आएको छ । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा परेर इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने २७ सयभन्दा बढी घाइते भएका छन् । यसै क्रममा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो चार दिनमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १ हजार ५५ पुगेको र करिब ४५ सय व्यक्ति घाइते भएको बताएको छ ।

प्रतिक्रिया