नक्कली नोट र सामाग्री सहित दुई जना पक्राउ
नवलपरासीको बर्दघाट बजारबाट नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामाग्री सहित दुई जना युवक पक्राउ परेका छन् । वर्दघाट नगरपालिका ४ स्थित बिनय होटल एण्ड रेष्टुरेन्टबाट एक हजारको नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामाग्री बरामद भएको हो । पक्राउ पर्नेमा तनहुको ऋषिङ गाउँपालिका ३ दानश्री वस्ने २५ वर्षिय सुरज बिक र नवलपरासीे बुलिङ्गटार गाउँपालिका ६ ठिमिरेका कृष्ण बहादुर विश्वकर्मा रहेका छन् । चाडपर्वको अबसर पारेर नक्कली नोट बजारमा काराबोर भैरहेको गुनासोपछि प्रहरीले छापा मारेको हो । पक्राउ पर्नेहरुबाट एक हजारको १ लाख उनन्चालिस हजार नक्कली नोट पनि बरामद भएको छ । पक्राउ परेका दुबैमाथि थप अनुसन्धान भैरहेको छ ।
प्रतिक्रिया