विश्वकप छनोटको लागि आज नेपाल र लाओस भिडदै

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्रको छनोटको पहिलो चरणको खेलमा नेपाल आज लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । परिचित प्रतिद्वन्द्वी लाओसविरुद्धको खेलका लागि विदेशमा खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र मनीष डाँगी पनि नेपाल आइपुगेका छन् । दुवै एकै स्तरको टोली मानिन्छन् । फिफा वरियतामा लाओस १ सय ८६ औँ र नेपाल १ सय ७५ औँ स्थानमा छ । दुई वटा देशले एक अर्कासँग खेल्नेछन् । जित हात पार्ने टिमले दोस्रो चरणको छनोट खेल्ने अवसर पाउनेछन् ।  दोस्रो चरणमा एसियाका शीर्ष वरीयताका टिम सम्मिलित समूहमा प्रतिस्पर्धा हुनेछ । जहाँ एक टिमले ६ खेल होम एन्ड अवेका आधारमा खेल्न पाउँछ । सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा पहिलोपटक ४८ राष्ट्र सहभागी हुने छन्। एसियाबाट आठ देश छानिने छन् । आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको हो ।  दशरथ रंगशालामा नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो । २०२२ को विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानका खेल कारोनाका कारण न्युट्रल भेन्युमा भएका थिए । 
 

प्रतिक्रिया