बझाङ केन्द्रबिन्दु भएर पुन ५.२ म्याग्निच्यूडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ । बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ । मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।  सुदूरपश्चिम प्रदेशको बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन । १६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए ।  भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन ।
 

प्रतिक्रिया