दुर्घटना न्युनिकरणका लागि राजमार्गमा छड्के चेकजाच
चाडपर्व नजिकिँदै गर्दा चितवन ट्राफिकले दुर्घटना न्युनिकरणका लागि राजमार्गको विभिन्न ठाउमा छड्के चेकजाच शुरु गरेको छ । कुरिनटारमा बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र ट्राफिक प्रहरी कार्यालय मुग्लिनको संयुक्त टोलीले सवारी साधनको चेकजाच गरेको हो । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भएकोले दुर्घटना न्यूनीकरणका लागि चेकजाँच सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रमुख सुरेश सुवेदी बताए ।
चेकजाँचका क्रममा हालसम्म ७६ वटा सावरी साधन चालकलाई तिव्र गतिमा सवारी हाकेको कारण कारबाही भएको छ। प्रतिघण्टा ४० किलोमिटरभन्दा छिटो गतिमा सवारी चलाएको पाइएमा कारबाही गर्ने गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४१ वटा सवारी दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका छन् ।
प्रतिक्रिया