नेपालीहरुको उद्धार गर्न परराष्ट्रमन्त्री सहितको विमान इजरायल प्रस्थान
इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको नेपाल बायुसेवा निगमको जहाज आज बिहान त्यसतर्फ प्रस्थान गरेको छ । बुधबार राति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज आज विहान बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको हो । विमान आज बेलुका नेपाल आइपुग्ने तालिका छ । यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छनरु। विमान इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छरु। निगमको उडान तालिका अनुसार सिनियर क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उक्त जहाज गएको हो । जहाज तेल अभिवबाट उडेर पुनः दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छरु। क्याप्टेन रिजाल र सिनियर क्याप्टेन सुवास रिजालले यसअघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याएका थिए । जहाजले इजरायलमा उद्धार पर्खिरहेका १ सय ५८ नेपालीलाई फर्काउने छ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले चार्टर्ड उडानबाट नेपाल फर्कने नेपालीहरुको हवाई खर्च बेहोर्ने निर्णय गरेको हो । चार्टर्ड उडानबाट इजरालयमा ज्यान गुमेकाहरुको शव भने नल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुको शव इजरायल सरकारले हस्तान्तरण गर्न बाँकी रहेको छ । इजरायलमा शनिबारदेखि जारी हमास लडाकु र इजरायली सेनाबीचको लडाइँमा १० नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन । अरू विद्यार्थीले आफूहरू असुरक्षित रहेको भन्दै तत्काल उद्धारका लागि अपिल गरिरहेका छन ।
प्रतिक्रिया