सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन कानून समितिबाट पारित

कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलवार उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी समितिले बुधवार विधेयक संशोधनसहित पारित गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीमा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रश्ताव भएको विषय हटाएर विधेयक पारित गरिएको छ । त्यसैगरी, क्यासिनो सञ्चालनका सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । 
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए ।

प्रतिक्रिया