हमास इस्लामिक स्टेट ‘आईएस’ भन्दा पनि खराब: नेतन्याहू

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनी चरमपन्थी संगठन हमास इस्लामिक स्टेट ‘आईएस’ भन्दा पनि खराब भएको बताएका छन । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हमासले गरेको आक्रमणबारे जानकारी दिँदै नेतन्याहूले यस्तो बताएका हुन । इजरायलले यो फोन कलको भिडियो सार्वजनिक गरेको हो । नेतन्याहुले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायलले अहिलेसम्मकै ठूलो आक्रमणको सामना गरेको बताएका हुन । नेतन्याहुले घरमा सुतिरहेको मानिस मारिनुका साथै महिलाहरूलाई बलात्कार र हत्या गरिएको दाबी गरेका छन । बालबालिकासहित सयभन्दा बढी मानिसहरूलाई अपहरण गरिएको उनको भनाइ छ । हमासले करिव १ सय ५० जना इजरायलीलाई बन्धक बनाइएको इजरायलको सेनाले पुष्टि गरेको छ । इजरायल हमास युद्धमा हालसम्म २ हजार १ सय मानिसको मृत्यु भएको छ । इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन । बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १ हजार २ सय जनाको मृत्यु भएको छ भने गाजा क्षेत्रमा ९ सय जना मानिस मारिएका छन् । 

प्रतिक्रिया