सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार नियन्त्रण गर्न माधव नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । पार्टीको मेची महाकाली जागरण अभियानअन्र्तगत आज बाँकेको कोहलपुरमा आयोजित सभालाई सम्बोदन गर्दै अध्यक्ष नेपालले सरकारी कार्यालयहरुमा भ्रष्टाचार भइरहेको खबरहरु आइरहेको भन्दै निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले पाटी र नेता नसच्चिएसम्म नेपाली जनताको जीवन परिबर्तन हुन नसक्ने पनि बताए ।  
कार्यकममा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषि क्रान्तिसँगै राष्ट्रिय औद्योगीकरण गर्न आवश्यक रहेको बताए । 
सभालाई नेता घनश्याम भुसाल र प्रकास ज्वालाले पनि सम्बोधन गरेका थिए ।
 

प्रतिक्रिया