रिगललाई पुनः थुनामा राख्न माग गर्दै काठमाडौँमा प्रदर्शन
महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आम माफी पाएका योगराज ढकाल (रिगल)लाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । बुधवार महिला अधिकारकर्मीहरूले काठमाडौँको माइतीघर मण्डलामा आममाफी फिर्ता गरी ढकाललाई जेल चलान गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । अधिकारकर्मीहरुले दिनदहाडै अर्काको हत्या गर्नेलाई आममाफी दिएर सरकारले संविधानको धज्जी उडाएको आरोप समेत लगाए । उनीहरुले ढकालले हत्या गरेका नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारतीले न्याय पाउनुपर्ने बताए ।
ढकाललाई कैद मिनाह दिइएको भन्दै चेतनकी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत रहेकी छन् । ढकाल २०७२ असार २८ मा नेपालगञ्जका मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगललाई आममाफी दिएको विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।
प्रतिक्रिया