सामाजिक सञ्जाल विधेयक नियन्त्रण र बन्द गर्न ल्याइएको होइन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गुरुङले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रश्न गरे ।

उनले भने, “सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसदबाट पास हुन्छ ।”

उनले विधेयक संसदबाट पारित हुने भएकाले निर्णय संसदले नै गर्ने बताए । उनले विधेयकमा नियमन गर्नेकुरा मात्र लेखिएको जानकारी गराए । 

प्रतिक्रिया