परराष्ट्रमन्त्री साउदद्धारा इजरायलका विदेशमन्त्रीसंग टेलिफोन वार्ता
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग मंगलबार टेलिफोनमा कुराकानी गरेका छन । सो क्रममा मन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन । त्यस्तै मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचारमा कमि हुन नदिन पनि अनुरोध गरेका छन । आक्रमणपछि सम्पर्कबिहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन र अहिले इजरायलमा रहेकाहरुलाई सुरक्षित बासको व्यवस्था गर्न पनि सरकारको तर्फवाट मन्त्री साउदले आग्रह गरेका छन । सो क्रममा मन्त्री कोहेनले हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । इजरायल अहिले कठिन मोडमा रहेको भन्दै उनले नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।।
प्रतिक्रिया